१० श्रावण २०८३, आइतबार

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, के के एजेण्डा भए पारित ?

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, के के एजेण्डा भए पारित ?



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं बार्षिक सााधारण सभा बुधबार (चैत २९ गते) सम्पन्न भएको छ । सभा याक एण्ड यती होटल, दरबारमार्ग, काठमाडौमा सम्पन्न भएको हो ।

सभाले आ.व २०७७/०७८ र २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ र २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरेको छ ।

उक्त साधारण सभाबाट आर्थिक बर्ष २०७९/८० को लागि लेखापरीक्षक केपिआर एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रवन्ध पत्र तथा नियमावली संसोधन प्रस्ताव समेत पारित भएको छ ।