३१ श्रावण २०८३, आइतबार

चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?



काठमाडौं । चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला दुई लघुवित्तसहित चार वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११८ रुपैइाँ २० पैसाले बढेर १ हजार ३ सय रुपैयाँ पुगेको छ ।

यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ९० रुपैयाँ २० पैसाले बढेर ९९२ रुपैयाँ कायम भएको छ ।

यतिबेला कालिञ्चोक दर्शनको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४५ रुपैयाँ ६० पैसाले वृद्धि भई ५०१ रुपैयाँ ८० पैसा पुगेको छ ।

यतिबेला मोलुङ हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य १४.१० प्रतिशतले बढेर १५५ रुपैयाँ १० पैसा पुगेको छ ।