३१ श्रावण २०८३, आइतबार

एकदिन पनि टिकेन सेयर बजारको रौनक, आज फेरि दोहोरो अंकले घट्यो



काठमाडौं । सेयर बजार वृद्धिमा बिहीवार ब्रेक लागेको छ । साताको अन्तिम कारोबार दिन बजार दोहोरो अंकले वृद्धि भएको हो ।

बुधावर उछाल आएको बजारको रौनकता एकदिन पनि टिक्न सकेको छैन् । आज बजार २९.०७ अंकले घटेको छ । आज बजार परिसुचक १९३४.४७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु राताम्मे बनेका छन् । १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।