तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, यी हुन् यो वर्षको अन्तिममा सेयरधनी मालामाल बनाउने कम्पनीहरु
काठमाडौं । भोलिदेखि नयाँ २०८० को सुरुवात हुँदैछ । आज चैत ३० गते बिहीवार अर्थात यो वर्षको अन्तिम दिन भने तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । यी कम्पनीहरुको सेयर मूल्य वृद्धि भई २०७९ लाई बिदाई गरेका छन् ।
साताको अन्तिम कारोबार दिन आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११८ रुपैइाँ २० पैसाले बढेर १ हजार ३ सय रुपैयाँ ७० पैसा पुगेको छ ।
यस्तै, कालिञ्चोक दर्शनको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४५ रुपैयाँ ६० पैसाले वृद्धि भई ५०१ रुपैयाँ ८० पैसा पुगेको छ ।
यता, मोलुङ हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य १४.१० प्रतिशतले बढेर १५५ रुपैयाँ १० पैसा पुगेको छ । यी कम्पनीहरुसहित आज गरिमा डिवेन्चर २०८५, खप्तड लघुवित्त लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।













