सनराईज क्यापिटलको लगानी व्यवस्थापन सम्बन्धी नयाँ योजना
काठमाडौं । नयाँ वर्ष अवसरमा सन्राईज क्यापिटल लिमिटेडले पुंँजी वजारको अवस्थालाई ध्यानमा राखी एसआईपि पोर्टफोलियो योजना संचालनमा ल्याएको छ ।
सन्राईज क्यापिटल लिमिटेडले वर्तमान पुंँजी वजारको अवस्थालाई ध्यानमा राखी आफ्ना ग्राहकवर्गहरुलाई दीर्घकालिन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष्य सहित लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ एसआईपि पोर्टफोलियो योजना संचालनमा ल्याएको छ ।
उक्त योजनामा सहभागि हुने लगाानी कर्ताहरुले निश्चित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने हुन्छ । उक्त रकम यस कम्पनीको लगानी व्यवस्थापन विभागमा कार्यरत प्रबन्धक लगायतका दक्ष जनशक्तिद्धारा दीर्घकालिन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी गर्ने गरिन्छ ।
धितोपत्र बजारमा सहभागिहुन चाहने तर आफ्नो लगानी आफै व्यवस्थापन गर्न समय वा विशेषज्ञताको अभाव रहेका लगानीकर्ताहरुका लागि यो योजना एक लोक प्रिय लगानी विकल्प हो । हाल घट्दो बजार परिस्थितिमा यस योजनाले लगानीकर्ताहरुको जोखिम न्युनिकरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्दछ ।
यस योजनामा सहभागिहुन चाहने लगानीकर्ताहरुले न्युनतम ३ लाख लगानी गर्नुपर्नेछ । नियमित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्नेछ, लगानी अवधि पाँच वर्षको हुनेछ र साना तथा ठूला सबै किसिमका लगानीकर्ताहरुका लागि यो योजना लाभदायि सावित हुनेछ ।













