१० श्रावण २०८३, आइतबार

यूनियन लाइफ इन्स्योरेन्सले ब्यत्तित बीमालेखमा ब्याज छुट दिने

यूनियन लाइफ इन्स्योरेन्सले ब्यत्तित बीमालेखमा ब्याज छुट दिने



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यत्तित बीमालेखमा ब्याज छुट दिने भएको छ ।

कम्पनीकाबाट जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी ब्यतित भएका बीमालेखहरुको पुनर्जागरा गराउँदा नबिकरण बीमा शुल्क रकममा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको हो । कम्पनीले बैशाख ६ गतेदेखि बैशाख २० गतेसम्म शत प्रतिशत छुट दने भएको हो ।

साथै, बीमा प्राधिकरणबाट जारी भएका जीवन बीमालेख सम्बन्धि निर्देशिकका २०७९ को दफा ११ (३) बमोजिम बीमालेख पुनर्जागरण गराउँदा बीमा अवधि भरी एक पटक मात्र ब्याज छुट सुविधा लिन सकिनेछ ।