रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि पायो अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि पायो अनुमति



काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रल सेयर निष्कासनका लागि विद्युत नियमन आयोगले प्रारम्भिक सहमति दिएको छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि प्रारम्भिक सहमति पाएको हो ।

हकप्रद सेयर निष्कासनका लागि वार्षिक साधारण सभा पेस गर्न प्रारम्भिक सहमति प्रदान गरेको हो । कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को ४० प्रतिशत बोनस शेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।

अब कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव साधारण सभाबाट पारित गरेपछि धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्