माबिलुङ्ग इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । माबिलुङ्गगइनर्जी कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि बिक्री प्रबन्धक गर्नेको लागि सम्झौतामा लक्ष्मी क्यापिटल मार्केटलाइ नियुक्त गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरले १८ करोड ९० लाख ५४ हजार रुपैयाँ रकम बराबरको १८ लाख ९० हजार ५४० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो ।
सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्गगइनर्जीकोे तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
माबिलुङ्ग इनर्जीले संखुवा सभा जिल्लाको चैनपुरमा दिन नगरपालिकामा रहेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणाधिन ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।













