एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ हिम इलेक्ट्रोनिक्समा विशेष छुट
काठमाडौं । एनएमबि बैंकले सामसुङ हिम इलेक्ट्रोनिक्स सँग साझेदारी गरेको छ । बैंकले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ हिम इलेक्ट्रोनिक्स सँग साझेदारी गरेका हो ।
ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशत सम्म छुट र ENMB मोबाइल एप मार्फत भुक्तानी गर्दा थप एक हजार ५ सय रुपैयाँ सम्मछुट पाउनेछन ।
यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने हो । यस अफर मार्फत, एनएम बिबैंकका ग्राहकहरूले पर्याप्त छुटको मजालिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्नेछन् ।
यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको मात्र रहेको कम्पनीले जानकारी दिएको छ ।













