छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, साधारण सभा कहिले ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, साधारण सभा कहिले ?



काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बैशाख २८ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेण्डा पारित गर्ने छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को वार्षिक साधारण सभाबाट पारित भएको ४० प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गरेर हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबाट १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

साधारण सभा गर्न कम्पनीले आइतबार वैशाख १७ गते बुक क्लोज गर्ने भएको हुदाँ वैशाख १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्