महालक्ष्मी लाइफको नयाँ बोनस दर, कुन योजनामा कति तोक्यो ?
महालक्ष्मी लाइफको नयाँ बोनस दर, कुन योजनामा कति तोक्यो ?
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर प्रकाशन गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि नयाँ बोनस दर प्रकाशन गरेको हो । प्राधिकरण बैशाख १५ गत स्वीकृत गरेको थियो ।
कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरि जारी गरिएका सबै किसिमका जीवन बीमालेखहरु अन्तर्ग आव २०७७/७८ को लागि प्रति वर्ष हजार बीमाङकमा बोनस दर निर्धारण गरेको जाएको छ ।
आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि सोही बमोजिम नै अन्तरिम बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार विभिन्न बीमा योजनामा ४० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
कुन योजनामा कति बोनस ?














