१० श्रावण २०८३, आइतबार

एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको पन्ध्रौंं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७८÷७९ सम्मको संचित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । संचालक समितिले प्रस्ताव गरेको ८.५ प्रतिशत बोनश शेयर र ०.४४७ प्रतिशत(कर प्रयोजनका लागी) नगद लाभांशको प्रस्ताव साधारण सभाले पारित गरेको हो ।

यसैगरी कम्पनीको अधिकृत पूँजीलाई ५ अर्ब रुपैयाँबाट ६ अर्ब रुपैयाँ कायम गर्न प्रबन्धपत्रको दफा ६.१(क) मा संशोधनको प्रस्ताव समेत पारित भएको छ । साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष.२०७८÷७९ (एनएफआरएस) बमोजिम आषाढ मसान्तसम्मको वासलात, नाफा÷नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि अनुुसूचिहरु माथी छलफल सहित पारित गरेको छ । आर्थिक वर्ष ०७९÷८० को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव सभाबाट पारित भएको छ ।

विशेष प्रस्ताव अन्तर्गतको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाबाट पारित भएको छ । यसैगरी कम्पनीले व्यवसायीकरुपमा बहालमा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

कम्पनीको चालू आ.व. २०७९÷८० को फागुनसम्ममा जीवन बीमाकोष ३५ अर्ब ६० करोड रुपैयाँ र कूल लगानी ३९ अर्ब ८ करोड रुपैयाँ छ । कम्पनीको फागुन मसान्तसम्मको कूल बीमाशुल्क आम्दानी ४० अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।