बीमा प्राधिकरणले मधेश प्रदेशमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम
बीमा प्राधिकरणले मधेश प्रदेशमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका जीवन तथा निर्जीवन बीमा अभिकर्ताहरुसँग वैशाख १९ गते वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम आयोजना सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा अभिकर्ताहरुले बीमा गर्न चाहने व्यक्तिको आवश्यकता र आर्थिक अवस्थाका बारेमा बुझेर बीमा गर्नुपर्ने बताइन् ।
उनले बीमालेखका शर्त तथा सुविधाका बारेमा अनिवार्यरुपमा बीमितलाई जानकारी गराउन, वित्तीय तथा मेडिकल जोखिमाङ्कन राम्रो गर्न र बीमा अभिकर्ताको पेशालाई मर्यादित बनाउँदै अगाडि बढ्न निर्देशन दिए ।
कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुले बीमितले बीमा सम्बन्धी गलत कार्य गरेमा हुने दण्ड सजायँका बारेमा बीमालेखमा नै उल्लेख हुनुपर्ने, बीमा अभिकर्ताहरुको दुर्घटना बीमा गर्ने व्यवस्था हुनुपर्ने, बीमा अभिकर्तालाई आभारभूत सुविधा उपलब्ध गराउनुपर्ने, तालिमको व्यवस्था हुनुपर्ने लगायतका धारणा राख्यका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेय, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख/प्रतिनिधि र बीमा अभिकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।













