१० श्रावण २०८३, आइतबार

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, के के छन् एजेण्डा



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा आज (वैशाख २१ गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय एलएस कम्प्लेक्स, थापाथली काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा, आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

कम्पनीले प्रिमियममा आइपीओ ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले फेस भ्याल्यूमा १९० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २९० रुपैयाँका दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।