नेशनल लाइफका अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधै अब्बल रह्योः सीइओ खत्री
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधै अब्बल रहेको बताएका छन् । कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम ” सीइओ खत्रीले यस्तो बताएका हुन् ।
सीइओ खत्री अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउनु हुँदै योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्ताहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरेका थिए ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदिमा संचालन गरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब ४०० जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।













