१० श्रावण २०८३, आइतबार

नेसनल लाइफ इन्स्योरेन्सको साधारण सभा जेठ २२ गते, के के छन् एजेण्डा



काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा जेठ २२ गते बोलाएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने गुर्नका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एकदिन बुक क्लोज गर्ने भएको हुदाँ जेठ १० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।