आशा लघुवित्तको नाफा घट्यो, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले ३ करोड ३० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले शुक्रबार सार्वजनिक चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ । यद्यपि, कम्पनीको नाफा गत आवको तुलनामा भने घटेको छ । गत आवको चैत मसान्तसम्ममा १२ करोड ३४ लाख ६९ हजार नाफा कमाएको थियो । तर, यस वर्षको समिक्षा अवधिमा आईपुग्दा ७३.२४ प्रशितले घटेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा घटेको छ । जसले नाफा प्रभावित भएको हो । चालु आवको ९ महिनामा कम्पनीको खुद ब्याज आम्दानी २७.९५ प्रतिशतले घटेर १८ करोड ४३ लाख २२ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन नाफा पनि ७३.२८ प्रतिशतले घटेर ४ करोड ७० लाख ७३ हजार रुपैयाँमा झरेको छ । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ३८ करोड १६ लाख १६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३ करोड ३७ लाख ५२ हजार रुपैयाँ राखेको छ । कम्पनीको खराब पनि वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्ममा २.९२ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ४.९३ प्रतिशत पुगेको छ ।
कम्पनीको प्रतिसयर आम्दानी ३७ रुपैयाँ ७६ पैसाले घटेर ११ रुपैयाँ ९४ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ७० पैसा कायम भएको छ ।













