गणपति लघुवित्तको खस्कियो नाफा, यस्ता छन् अन्य सूचक
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा गिरावट आएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा २८.१४ प्रतिशतले घटेर १ करोड ४९ लाख २२ हजार रुपैयाँमा सिमित भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा भने २ करोड ७ लाख ६८ हजार रुपैयाँ मुनाफा गरेको थियो ।
यस अवधिमा कम्पनीको संचालन नाफा र खुद ब्याज आम्दानीमा गिरावठ आउँदा नाफा समेत प्रभावित बन्न पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी १६.९१ प्रतिशतले घटेर ८ करोड ६५ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको उक्त आम्दानी १० करोड ४१ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा २ करोड ९६ लाख ६९ हजार रुपैयाँ रहेको कम्पनीको संचालक नाफा चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त नाफा २९.२४ प्रतिशतले घटेर २ करोड ९ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष २१.९१ प्रतिशतले बढेर ४ करोड ३२ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४० पैसा रहेकोछ ।













