अजोड इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारणमा परिर्वतन
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा परिर्वतन हुने भएको छ ।
कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण शेयरमा परिवर्तन हुने भएको हो ।
कम्पनीले गरेको यस्तो प्रस्ताव मंसिर ९ गते सम्पन्न भएको साधारण सभाले पारित गरिसकेको तथा नेपाल बीमा प्राधिकरणबाट पनि स्वीकृति पाइसकेको छ ।













