यूनियन, प्राइम र गुराँस लाइफको बीमा सेवा तीन दिन बन्द हुने
काठमाडौं । तीन जीवन बीमा कम्पनीका सेवा तीनका लागि बन्द हुने भएका छन् । यूनियन, प्राइम र गुराँस लाइफको बीमा सेवा तीन दिन अर्थात बैशाख २३, २४ र २५ गते बन्द हुने भएका हुन् ।
तीन जीवन कम्पनी एक आपसमा मर्ज एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले सेवा बन्द गर्ने लागेको हो ।
तीन कम्पनी एक आपसमा मर्ज भइ बैशाख २६ गतेदेखि हिमालयन लाइफ इन्स्योरेन्स नामबा एकिकृत कारोबार गर्ने भएका छन् ।













