८ श्रावण २०८३, शुक्रबार

ईङवा हाइड्रोपावरको आइपीओ बाँडफाँटको मिति तय, १ लाख २६ हजारले १०।१० कित्ता पाउने



काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बुधबार (बैशाख २७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज (बैशाख २४ गते) प्रिअलटमेन्ट सम्पन्न भएको र बुधबार बिहान ९ बजे क्यापिटलको कार्यालय ठमेलमा बाँडफाँट हुने छ ।

कम्पनीको आइपीओमा १ अर्ब ३७ करोड ८० लाख ८० हजार रुपैयाँको आवेदन परको छ । १० लाख ५९ हजार ९०१ आवेदकले १ करोड ३७ लाख ८० हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख २६ हजार ८६३ आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् । तिनै मध्य ९ जना आवेदनले थप १।१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

सो सेयरमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । यस्तै, २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । कुल १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्