बोनस सेयरमा लाग्ने कर बुझाउनु सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अनुरोध
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्ने भनेको छ ।
साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको २०७६ असार १३ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट आर्थिक वषृ २०७४।०७५ को मुनाफाबाट ८६ प्रतिशत बोनस प्रदान गरेको थियो । सो बोनस प्रदान गर्दा बोनसमा लाग्ने कर सम्बन्धित सेयरधनीले बुझाउनु गर्ने निर्णय भए अनुसार २०७६ असार १ गतेसम्म कायम सेयरधनीहरुले यथाश्रिग बुझाउन भनेको हो ।
बोनस सेयर ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१०१०१०००५२६४ मा खाता नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बुझाउन भनेको छ ।













