एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, को-को कम्पनीको सेयर मूल्य घट्यो ?
काठमाडौं । साताको द्रोस्रो कारोबारको दिन सेयर बजारमा घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अंकले घटेर १८३३.६९ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर किनबेच हुदाँ ८२ करोड ४२ लाख १७ हजार १ रुपैयाँको कारोबार भएको छ ।
आइतबार इस्टन हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ९.९९ प्रतिशतले घटेको छ । साथै, शिव श्रि हाइडोपावरको ६.३७ प्रतिशत, बलेफी हाइड्रोपावर , मल्टीपर्पस फाइनान्स लिमिटेको ५.४५ प्रतिशतले सेयर मूल्य घटेको छ ।














