हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज (बैशाख २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीको ७५ प्रतिशत हकप्रद सेयर हकप्रद सेयर निष्सकानका लागि वैशाख २७ गते बुक क्लोज गर्ने भएको हुदाँ बैशाख २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । सोही पुँजीबाट कम्पनीले ७५ प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले कम्पनीले कुल १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला हुनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।













