१० श्रावण २०८३, आइतबार

एशियन लाइफले कमायो १९ करोड ४७ लाख नाफा, जीवन बीमा कोषको आकार साढे ५ अर्बले बढायो



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले साढे १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १९ करोड ४७ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवकोव समिक्षा अवधिको तुलनामा ५.७९ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले १८ करोड ४० लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ८ करोड १२ लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जनगरेको छ । बीमालेखको धितोकर्जाबाट २६ करोड ३३ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको छ । सो अवधिमा कम्पनीले अभिकर्ता कमिशनका लागि ५२ करोड १७ लाख १७ हजार रुपैयाँ, बीमितको स्वास्थ्य परिक्षणमा २० लाख ५३ हजार रुपैयँ खर्चिएको छ ।

हालसम्म कम्पनीले ५ अर्ब १२ करोड ८६ लाख ५७ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । सो अवधिमा कम्पनीले ९ हजार २७२ वटा दावी भुक्तानी गरेको हो । यद्यपि, भुक्तानी हुन् बाँकी दावी रकम ४ करोड १२ लाख ९७ हजार देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा ४९ करोड ७७ लाख ६१ हजार रुपैयाँ राखेको छ । कम्पनीको जीवन बीमा कोषको आकार साढे ५ अर्ब बढी बढाएको छ । समिक्षा अवधिमा कम्पनीको जीवन कोषमा ३६ अर्ब ५४ करोड ६३ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा रहेको छ ।