१० श्रावण २०८३, आइतबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले लिए सपथ



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन् ।

आज (बैशाख २७ गते) बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा अध्यक्ष ढकालले सपथ लिएका हुन् ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा प्राधिकरणका अध्य्क्षबाट ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।