प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब बोनस र नगद कति ?
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले वित्तीय विवरण पारितका लागि बीमा प्राधिकरणमा पेश गरेकोमा प्राधिकरणको निर्देशन बमोजिम ९.८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
यसअघि कम्पनीले १०.५२६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
अब प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।













