सानिमा जीआइसी इन्स्योरेन्सले बोलायो पाँचौ वार्षिक साधारण सभा, के के छन् एजेण्डा
काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले पाँचौं वार्षिक साधारण सभा जेठ ३२ गतेका लागि बोलाएको छ । सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
सभाले संस्थापक सेयरधनीको तर्फबाट तीन जना र सर्वसाधारण सेयरधनीको तर्फबाट तीन जना संचालकको निर्वाचन गर्ने एजेण्डा समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने भएको हुदाँ जेठ ११ गतेसम्म कायम सेयरधनीहरु सभामा भागमा भाग लिन पाउनेछन् ।













