प्राइम बैंकको साढे तीन लाख कित्ता बढी संस्थापक सेयर आजदेखि लिलामीमा, प्रतिकित्ता १३० रुपैयाँमा किन्ने मौका
काठमाडौं । प्राइम कमर्सियल बैंकले साढे तीन कित्ता बढी संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको छ ।
बैंकले आज अर्थात जेठ ३ गतेदेखि ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । बैंकले लिलामीमा ल्याएको सो संस्थापक सेयरको मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ ।
उक्त लिलामी सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति तथा संघ/संस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा तोकिएको न्युनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्ने बैंकले जनाएको छ । सो संस्थापक सेयर खरिदका लागि आगामी जेठ १७ गते ३ बजेभित्र आवेदन दिनुपर्नेछ । सो अवधिमा प्राप्त भएका बोलपत्र जेठ १७ गते अपरान्ह ४ बजे खोल्ने बैंकको सूचनामा उल्लेख छ ।
सो सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । बैंकको बिक्री प्रबन्धक सानिमा सानिमा क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।













