१० श्रावण २०८३, आइतबार

हिमालयन लाइफको सीईओ बने कर्ण



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज लाल कर्ण नियुक्ति भएका छन् ।

साविकको गुराँस लाइफ, युनियन र प्राइम लाइफ एक आपसमा गाभिएर बनेको हिमालयन लाइफको सीईओमा कर्ण नियुक्ति भएका हुन् ।

कम्पनीको संचालन समितिले उनलाई सीईओ बनाउने निर्णय गरेको थियो । सो निर्णयलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेको छ । प्राधिकरणको स्वीकृतपछि नै उनी सीईओमा नियुक्ति भएका हुन् । कर्ण साविकको युनियन लाइफको सीईओ हुन् ।


प्रतिक्रिया दिनुहोस्