१० श्रावण २०८३, आइतबार

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको सीइओमा युगेशभक्त बाँदे नियुक्त



काठमाडौं । आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा युगेश भक्त बाँदे श्रेष्ठ नियुक्त गरेको छ । सीइओका बीमा प्राधिकरणले उनलाई स्वीकृत गरेको हो ।

आइएमई जनरल इन्स्योरेन्स र प्रुरुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्ज भई वैशाख २७ गतेदेखि आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड एकीकृत कारोबार थालनी गरेका थिए ।

यी दुवै कम्पनीले समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जान लागेको हुन् । मर्जपछिको कम्पनीमा हेमराज ढकाल अध्यक्ष र कम्पनीको प्रमुुख कार्यकारी अधिकृत (सीईओ) योगेश भक्त बाँदे श्रेष्ठ बन्ने सहमति अनुसार उनलाई नियुक्त गरेको हो ।