१० श्रावण २०८३, आइतबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा बाँकी रहेको दाबी भुक्तानी बुझिलिन आग्रह



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बाँकी रहेको दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ ।

कम्पनीले बाँकी रहेको दाबी भुक्तानी लिन आवश्यक कागजपत्र संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीमा पेश गर्ने भनेको छ ।

कम्पनीले साविकको सगरमाथा इन्स्योरेन्स तथा लुम्बिनी जनरल इन्स्योरेन्सबाट जारी भएका बीमालेख अन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बीमितहरुलाई आवश्यक काजगातहरु बुझाउन भनेको छ ।


प्रतिक्रिया दिनुहोस्