१० श्रावण २०८३, आइतबार

अजोड इन्स्योरेन्सको सेयर संरचना परितर्वन, अब संस्थापक र सर्वसाधारणको कति ?



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पूँजी संरचना परिवर्तनको अभिलेख गरिएको छ ।

हाल कायम रहेको पूँजी संरचना परिवर्तन गर्नका लागि बोर्डमा वैशाख ३१ गते निवेदन पेश गरेकोमा पुँजी संरचना परिवर्तनको अभिलेख गरेको हो । बोर्डमा दर्ता रहेको कुल एक करोड कित्ता सेयरको पूँजी संरचना संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात क्रम ५१ प्रतिशत तथा ४९ प्रतिशत अभिलेख गरिएको हो ।

अब कम्पनीको संस्थापक सेयरधनी समुहको स्वामित्व ५१ लाख कित्ता र सर्वसाधारण सेयरधनी समूहको स्वामित्व ४९ लाख कित्ता सेयर रहने छ ।


प्रतिक्रिया दिनुहोस्