१० श्रावण २०८३, आइतबार

मर्जर प्रस्ताव पारितका लागि महालक्ष्मी लाइफ इन्स्योरेन्सले जेठ २६ गते बोलायो साधारण सभा



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौ वार्षिक साधारण सभा जेठ २६ गतेका लागि बोलाएको छ । कम्पनीको बैशाख ३ गते बसेको संचालक समितिको बैठकले सभा होटल अकामा धुम्बाराही काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८।०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

कम्पनीले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा मर्जरमा गए पश्चात बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट जीवन बीमा ब्यवसाय गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

मर्जर प्रयोजनका लागि दुबै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखा परीक्षक । मूल्याङनकर्ताको नियुक्ति र निजको पारिश्रमक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्