१० श्रावण २०८३, आइतबार

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य एकैदिन ८२१ रुपैयाँले बढ्यो, प्रतिकित्ता कति ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा हरियाली छाएको छ । नेप्से ५१.३१ अकंले बढेर १९४२.६३ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा आज राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर आज मात्रै प्रतिकित्ता ८२१ रुपैयाँ अर्थात ५.८७ प्रतिशतले बढेर १४ हजार ८०१ रुपैयाँ पुगेको छ ।

कम्पनीको आज १ हजार १३४ कित्ता सेयर किनबेच हुदाँ १ करोड ६७ लाख ४१ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्