१० श्रावण २०८३, आइतबार

आइजीआई प्रुडेन्सियलको सीईओ बने श्रेष्ठ, अध्यक्ष ढकालबाट लिए शपथ



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठ नियुक्ति भएका छन्।

कम्पनीको आज अर्थात जेठ ९ गते मंगलबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्ति गरेको हो ।

श्रेष्ठलाई सीइओमा नियुक्तिका लागि संचालक समितिले गत बैशाख २७ गते नेपाल बीमा प्राधिकरणमा सिफारिश गरेको थियो । प्राधिकरणले गत जेठ ५ गते शुक्रबार को पत्र मार्फत स्वीकृति दिएको थियो ।

सीईओ श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्