हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा अभिलाशा पन्त शर्मा नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले संचालकमा अभिलाशा पन्त शर्मालाई नियुक्त गरेको छ ।
कम्पनीको २९औं वार्षिक साधारण सभाबाट लक्ष्मी बैंकको तर्फबाट मनोनयन भारती पाण्डेले ब्यक्तिगत कारण देखाई बैकलाई जानकारी गराएको थियो । बैंकले हाल कसैलाई पनि प्रतिनिधिको रुपमा संचालक मनोनयन नगर्ने पत्र पठाएको हुदाँ कम्पनीले बाँकी कार्यकालका लागि शर्मालाई नियुक्त गरेको हो ।












