८ श्रावण २०८३, शुक्रबार

सामुदायिक र बीपीडब्लु लघुवित्तलाई मर्जरमा जान बोर्डले दियो पूर्वस्वीकृति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरका जान दुई लघुवित्तहरुलाई पूर्वस्वीकृति प्रदान गरेको छ । सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि पूर्वस्वीकृति प्रदान गरेको हो ।

प्रत्यक्ष नियामक नेपाल राष्ट्र बैंकले यी दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । यी दुई लघुवित्तबीच गत पुस १ गते मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्