नेको इन्स्योरेन्स २८औं वर्षमा प्रवेश, कर भुक्तानीसहित अधिकांश सूचकांकहरु सकारात्मक
काठमाडौं । जेठ १७ गतेदेखि यस कम्पनीले आफ्नो सेवा संचालनको सफलतापूर्वक २७ बर्ष पुरा गरी २८औं बर्षमा प्रवेश गरेको छ ।
विगतका वर्षहरु देखि नै यस कम्पनीले आफ्नो सेवाप्रवाहका क्षेत्रमा निरन्तर बृद्धिगर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय बृद्धिगर्दै आएको छ ।
कम्पनीले आफ्नो सेवा संचालनको २८औं बर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम एवं बीमा सचेतना मूूलक प्रभातफेरी, कर्मचारीहरु बीच फुटबल लगायत विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको छ ।
साथै, यसै उपलक्षमाविभिन्नशाखाहरुमा समेत रक्तदान कार्यक्रम लगायत बीमा सम्बन्धी सचेतनामूूलक कार्यक्रमहरु सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।













