सिटिजन लाइफले बीमा नवीकरण शुल्क भुक्तानी गर्दा विलम्ब शुल्कमा पूर्ण छुट दिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा नवीकरण गर्दा विलम्ब शुलकमा पूर्ण छुट दिने भएको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै बीमा नवीकरण शुल्क तिर्न बाँकी भएका सम्पूर्ण बीमितहरुलाई २०८० असार १५ गते भित्र शुल्क भुक्तानी गर्दा विलम्ब शुल्कमा पूर्ण छुट प्रदान गर्ने भएको हो ।
कम्पनीले तोकिएको अवधिमा भुक्तानी गरी आफ्नो बीमालेखहरु सक्रिय राख्न भनेको छ ।














