१० श्रावण २०८३, आइतबार

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि बस्दैँ, के-कस्ता छन् एजेन्डा ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३५औं वार्षिक साधारण सभा जेठ २२ गते (भोलि) बस्ने भएको छ । सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेबाट बस्ने आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुन । जसमा ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश रहेको छ ।

सभामा गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब किताब, आयब्यय तथा नगद प्रवाह सम्बन्धी सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभामा सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने एजेन्डा पनि रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गरिसकेको छ । जेठ १० गतेसम्म कायम सेयरधनीहरुले कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्