२८ भदौ २०८३, आइतबार

एक्सेल डेभलपमेन्ट बैंकले असार १६ गते बोलायो साधारण सभा, के के छन् एजेण्डा



कडमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा असार १६ गतेका लागि बोलाएकोछ । सभा सिद्धार्थ होटल बिर्तामोड झापामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७८÷ ७९को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०७९ ÷८० को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालनको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ४ गते देखि १६ गते सम्म बुक क्लोज गर्ने भएको हुदाँ असार ३ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।