५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारितका लागि रिडी पावरले बोलायो विशेष साधारण सभा
कठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा असार ८ गतेका लागि बोलाएको छ । सभा इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले १ कित्ता बराबर ०.५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगले बैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ ।













