१० श्रावण २०८३, आइतबार

युनाईटेड अजोडको सीइओमा श्रवण रावल नियुक्त



काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा श्रवण रावललाई नियुक्त गरेको छ । संचालक समितिले सीइओ नियुक्तिका लागि बीमा प्राधिकरणमा पेश गरे पश्चात प्राधिकरणले आज स्वीकृति प्राप्त गरेको हो ।

अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सले एक आपसमा गाभिएर युनाईटेड अजोडको नामबाट एकीकृत कारोबार थालनी गर्न लागेका हुन् । युनाईटेड र अजोड इन्स्योरेन्स बीच १०० बराबरको ८२.५ को स्वाप रेसियोमा मर्जरमा गएका हुन ।

मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा भने अजोड इन्स्योरेन्सको तर्फबाट हुने सहमति बमोजिम रावल सीइओ बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस्