एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्क, रकम भुक्तानीका लागि बैंकले माग्यो बैंक खाता विवरण
काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र परिपक्क भएको छ । बैंकको १० वर्षे अवधिको ऋणपत्र आइतबार परिपक्क भएको हो ।
एक सूचना जारी गर्दै बैंकले २०७० जेठ २८ मा जारी गरेको “८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०६९” नामको ऋणपत्र परिपक्क भएको जनाएको । प्रति ऋणपत्र १ हजार मूल्य अंकित दरमा बैंकले ४ लाख ६८ हजार ८४५ कित्ता ऋणपत्र जारी गरेको थियो ।
ऋणपत्र परिपक्क भएपछि रकम भुक्तानीका लागि बैंकले ऋणपत्र धनीहरुलाई बैंक खाता विवरण उपलब्ध गराउन भनेको छ । ऋणपत्रधनीहरूले ऋणपत्रको सक्कल प्रमाणपत्र, ब्याज भुक्तानी पुर्जा, नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपि सहित बैंक खाताको विवरण उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।
ऋणपत्र धनीहरूले बैंकको मुख्य कार्यालय, सेयर शाखा लाजिम्पाट, काठमाडौं र बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।
स्वयं ऋणपत्र धनी उपस्थित हुन नसक्ने अवस्थामा भने ऋणपत्रधनीले रितपूर्वकको मञ्जुरीनामा साथै मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपी समेत अनिवार्य रुपमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।













