सनराइज बैंकका ग्राहकलाइ देव्यानी इन्टरनेश्नलमा १० प्रतिशत छुट
काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबिच सम्झौता भएको छ । बैंकले डिजिटल कारोबारलाई प्रर्बद्घन गर्ने उद्देश्य साथ ग्राहकहरुलाई केएफसी, पिज्जा हट क्रिम रोलसंग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।
सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहक वर्गहरुले बैंकको मोबाइल बैंकिङ्ग एप ‘सनराइज स्र्माट प्लस’ बाट नेपाल पे क्युआर गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट क्रिम रोलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउनुहनेछ । यो योजना २१ असार २०८० सम्मका लागि मात्र रहनेछ ।












