सानिमा जीआईसी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ६ जना संचालक चयन
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको हो । कालिकास्थान स्थित अमृतभोगमा सभा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना संचालक निर्वाचित भएका छन् । सभाले संस्थापकबाट कुनल कयाल, मिता मुरारका अग्रवाल, दिलिप श्रेष्ठ र सर्वसाधारणबाट प्रकाश मान श्रेष्ठ, हेमन्त कुमार दवाडी, सरस्वति ज्ञवाली निर्वाचित भएका हुन् ।













