आजदेखि नयाँ बसपार्कबाट मात्रै लामो तथा मध्यम दूरीका गाडी छुट्ने
काठमाडौं : काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी नयाँ बसपार्क गोंगबुबाट मात्रै छुट्ने भएका छन् ।
आज (असार १ गते) देखि नयाँ बसपार्कबाट मात्रै गाडी संचालन हुने भएका हुन् । महानगरले नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी सञ्चालन गर्न आग्रह गरेको छ ।














