बालेनलाई सोध्यो नेपाल नागरिक उड्ययन प्राधिकरणले स्पष्टीकरण
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
आफ्नो कार्यालय परिसरबाट तारवार फेन्सिङ काटी लैजाने कार्यमा गरेको भन्दै स्पष्टीकरण सोधेको हो । बालेनलाई प्राधिकरणले नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन, २०५३ को दफा २५ ९१० बमोजिम सजाय किन नगर्ने भनेर सोधेको छ ।














