२८ श्रावण २०८३, बिहिबार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त



काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेका हुन् ।

शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो। कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए ।

उनलाई राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।